रविविरूद्धको संगठित अपराधको कसुर काठमाडौंबाट पनि फिर्ता
kendrabindu.com · Fri Jun 19 11:36:47 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर काठमाडौं जिल्ला अदालतबाट पनि फिर्ता भएको छ ।
शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने अनुमति दिएको हो। उनको सहकारी ठगीको कसुर भने कायम नै राखिएको छ।
यसअघि लामिछानेविरूद्ध कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालतबाट पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ