रवि लामिछानेविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
nagariknews.nagariknetwork.com · Fri Jun 19 11:36:23 GMT 2026

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश दिएको हो।
यससँगै उक्त मुद्दामा सङ्गठित अपराधतर्फको अभियोग हट्ने बाटो खुलेको छ। तर अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने स्पष्ट गरेको छ।
सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा रवि लामिछानेसहित प्रतिवादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले यसअघि अभियोगपत्र संशोधनका लागि निवेदन दायर गरेको थियो।
अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको हो। अब मुद्दाको प्रक्रिया सहकारी ठगीसम्बन्धी अभियोग केन्द्रित भएर अगाडि बढ्नेछ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ