राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित
nepalbahas.com · Fri Jun 19 11:33:51 GMT 2026

राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित
५ असार, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रञ्जित कर्णले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१/८२ को वार्षिक प्रतिवदेन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
राष्ट्रियसभा
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गर्दै नेपाली कम्युनिस्ट पार्टी
असार ५, २०८३ शुक्रबार
राष्ट्रियसभा: विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
असार ५, २०८३ शुक्रबार
सार्वजनिक खरिदसहित चार अध्यादेश स्वीकृत गरी असार ११ गतेसम्म स्थगित भयो प्रतिनिधिसभा बैठक
असार ५, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो
असार ४, २०८३ बिहिबार
२
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
३
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित
असार ५, २०८३ शुक्रबार
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
असार ५, २०८३ शुक्रबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
असार ५, २०८३ शुक्रबार
भत्काइएको पोखरा बसपार्कका अतिक्रमित संरचना
असार ५, २०८३ शुक्रबार
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
असार ५, २०८३ शुक्रबार
सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, २ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
बालेन शाह