प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा माइतीघरमा र्याली
nepalviews.com · Fri Jun 19 11:46:43 GMT 2026

काठमाडौं। नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा भइरहेको संकुचनप्रति चिन्ता व्यक्त गर्दै विभिन्न पेशागत संघ–संगठनले आज (शुक्रबार) माइतीघरमा ऐक्यबद्धता र्याली आयोजना गरेका छन्।
नेपाल पत्रकार महासंघको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को ऐक्यबद्धतामा आज माइतीघरमा भेला र्याली सहित बबरमहल सम्म बिरोध प्रदर्शन गरिएको हो।
र्यालीमार्फत लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता तथा संविधानप्रदत्त अधिकारको संरक्षणका पक्षमा आवाज उठाइएको छ।
पापडले हालको सरकारको कार्यशैलीका कारण लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै र्याली आयोजना गरिएको बताएको छ।
र्यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ तथा नेपाल इञ्जिनियर्स एशोसिएशन लगायतका पेशागत संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
नेपाल चिकित्सक संघ