मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा यातायात कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर

nepalbahas.com · Fri Jun 19 11:43:52 GMT 2026

अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर

५ असार, काठमाडौं । विशेष अदालतले यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा गौतमलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो । गौतमले २०५५ देखि २०७९ सालसम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले गौतमको वैधानिक कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी साधन, जनक शिक्षा सामग्रीको ऋण भुक्तान, सेयर खरिद, बैंकमार्फत् लगानी, सुन खरिद बीमालगायतमा ५ करोड ४० लाख रुपैयाँ रहेको देखिएको दाबी गरेको थियो ।

साढे २ करोड रुपैयाँभन्दा बढी अवैध रकम देखिएपछि अख्तियारले उक्त रकम जफतसहित ३ वर्षसम्म कैदको मागदाबी गरेको थियो । अदालतले गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको हो । अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत हुने फैसलामा भनेको छ ।

अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम गौतमबाट चार लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन समेत आदेश भएको छ । गौतमको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको आय–व्यय विश्लेषण गर्दा भ्रष्टाचार ठहर भएको हो ।

गौतमको कुल वैध आय तीन करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा देखिएको छ । कुल व्यय चार करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा रहेको छ । वैध आयभन्दा व्यय बढी देखिएपछि गौतमलाई भ्रष्टाचारमा सजाय तोकिएको हो । अख्तियारले भने वैध आयभन्दा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको दाबी अदालतमा लिएको थियो ।

कमलराज गौतम

अकुत सम्पत्ति

विशेष अदालत

दोषी ठहर

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

सेवाग्राहीबाट ७२ हजार घुस लिएको आरोपमा पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

असार ५, २०८३ शुक्रबार

आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको पुर्जी, विदेशमा रहेकाले तत्काल आउन नसक्ने जवाफ

असार ४, २०८३ बिहिबार

माकालवारीबाट नापी कार्यालय चावहिलका अमिन ६० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा

असार ३, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

नेपालबहस संवाददाता

असार २, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो

असार ४, २०८३ बिहिबार

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

असार ४, २०८३ बिहिबार

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

असार ५, २०८३ शुक्रबार

छुटाउनुभयो कि?

अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर

असार ५, २०८३ शुक्रबार

यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी गर्ने तयारीमा इरान

असार ५, २०८३ शुक्रबार

राष्ट्रियसभाबाट सहकारीसहित चार अध्यादेश बहुमतले पारित

असार ५, २०८३ शुक्रबार

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

असार ५, २०८३ शुक्रबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

असार ५, २०८३ शुक्रबार

भत्काइएको पोखरा बसपार्कका अतिक्रमित संरचना

असार ५, २०८३ शुक्रबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)