हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
barnanmedia.com · Fri Sep 11 10:51:16 GMT 2026

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ । आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १० र १४ वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो । घाइते बुबाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)