मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्बिरमा हेर्नुहोस्, पेसागत सञ्जालको ऐक्यबद्धता ऱ्याली

ratopati.com · Fri Jun 19 11:56:27 GMT 2026

काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि माइतीघरदेखि सडक विभागसम्म ऐक्यबद्धता ऱ्याली कार्यक्रम गरेका छन् ।

ऱ्यालीमा नेपाल चिकित्सक सङ्घ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ, नेपाल शिक्षक महासंघ र नेपाल इन्जिनियर्स एसोसिएसनको सहभागिता रहेको थियो ।

सञ्जालले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ। संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य–मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको उनीहरुको भनाई छ।

पापडले लोकतन्त्र निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराउँदै राज्यका सबै अङ्गलाई त्यसको सम्मान गर्न आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)