धितोपत्र बोर्डले पायो नेतृत्व, भट्ट बने अध्यक्ष
nepalviews.com · Fri Jun 19 12:09:29 GMT 2026

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा कैलालीका डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टका नातेदार हुन् ।
यसअघि सरकारले अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य थिए। तर गोपालले समेत त्यसमा आवेदन दिएपछि गुणाकरले राजीनामा दिएका थिए ।
समितिले सिफारिस गरेका उम्मेदवारमध्येबाट मन्त्रिपरिषद्ले डा. गोपालप्रसाद भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)