भत्ताको रकमबाट राहत कोषमा दम्पतीको सहयोग
gorkhapatraonline.com · Fri Sep 11 11:21:02 GMT 2026

उमेरले ८५ वर्ष पार गरिसक्नुभएका सप्तरीको रुपनी गाउँपालिका–२ का ज्येष्ठ नागरिक दम्पती सीतावीप्रसाद साह र शान्तिदेवी साहले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको रकमबाट १० हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नुभएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि साह दम्पतीले शुक्रबार राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा उक्त रकम जम्मा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)