हर्नान्डेजको गोलमा फ्रान्सलाई पहिलो हाफमा अग्रता
baahrakhari.com · Wed Dec 14 19:54:00 GMT 2022
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोविरुद्ध पहिलो हाफमा साविक विजेता फ्रान्सले १-० को अग्रता बनाएको छ ।
कतारको अल बायत रंगशालामा जारी खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको हो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)