हुलाक सेवाको पुनर्जीवन: ‘सरकारी कुरियर सेवा’मार्फत घरघरमै सरकारी कागजात पुर्याउने अभियानले गति लियो
nagariknews.nagariknetwork.com · Fri Jun 19 12:08:05 GMT 2026

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत सुरु गरिएको ‘सरकारी कुरियर सेवा’ (गभर्नमेन्ट कुरियर सर्भिस) उल्लेखनीय प्रगति गर्दै अघि बढेको छ । हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका कार्यक्रमसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजातहरू नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन् ।
नयाँ सरकार गठनपछि ल्याइएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत हुलाक सेवालाई पुनर्जीवन दिई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने उल्लेख गरिएको थियो । सो कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था मिलाउने स्पष्ट उल्लेख छ । उक्त सुधारमा हालसम्म उल्लेख्य प्रगति भएको र केही कार्य अन्तिम चरणमा रहेको हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)