सरकारको नीतिले फेरिएको हुलाक सेवाः घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव
kendrabindu.com · Fri Jun 19 12:17:56 GMT 2026

काठमाडौँ । सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ । हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात नागरिकको घरसम्मै ढुवानी हुन थालेका छन् ।
नयाँ सरकार गठन भएलगत्तै ल्याइएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई ‘सरकारी कुरियर सेवा’ का रुपमा विकास गरिने उल्लेख थियो । एक सय बुँदे कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजातहरु घरमै पुर्याउने व्यवस्था मिलाइने उल्लेख थियो । शासकीय सुधारसम्बन्धी सो बुँदामा हालसम्म उल्लेख्य प्रगति देखिएको र केही कामहरु अन्तिम चरणमा रहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)