धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
kathmandupati.com · Fri Jun 19 12:19:27 GMT 2026

काठमाण्डु – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले शुक्रबार भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिको सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरिएको हो । सिफारिस समितिले प्रकाशित गरेको संक्षिप्त सूचीमा भट्टसहित डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्रीको नाम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)