धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त
corporatenepal.com · Fri Jun 19 12:08:30 GMT 2026

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डा. गोपाल भट्टलाई नियुक्त गरेको छ । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका भाई हुन भने व्यवसायी दीपक भट्टसँग निकट मानिन्छन् ।
योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेकोमा मन्त्रिपरिषदले गोपाललाई रोजेको हो । यसअघि सिफारिस भएका व्यक्तिको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र विवाद भएपछि सिफारिस र नियुक्तिमा ढिलाई भएको थियो । उक्त पार्टीका अध्यक्ष रवि लामिछाने नवराज अधिकारीलाई अध्यक्ष बनाउनुपर्ने पक्ष थिए भने प्रधानमन्त्री बालेन सो कुराको पक्षमा थिएनन् । सोही विवादका कारण सिफारिसमा नै ढिलाई भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ