मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तत: गुणाकर भट्टकै दाइ बने सेबोन अध्यक्ष, स्वार्थ जोडिने भन्दै सिफारिस समितिबाट दिएका थिए राजीनामा

shilapatra.com · Fri Jun 19 12:16:00 GMT 2026

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टका दाइ हुन् । सरकारले सुरुमा सेबोनको अध्यक्ष सिफारिसका लागि गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

तर अध्यक्ष पदका लागि दाइ गोपालले आवेदन दिएपछि स्वार्थ बाझिने भन्दै भाइ गुणाकरले सिफारिस समिति संयोजकबाट राजीनामा दिएका थिए ।

सेबोन अध्यक्ष नियुक्त भएका भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । सेबोनको अध्यक्षका लागि ४७ जनाले निवेदन दिएका थिए । ती ४७ जनामध्येबाट समितिले तीन जनाको अन्तिम सूची तयार पारेर सरकारलाई पेस गरेको थियो ।

तीन जनामध्येबाट सरकारले भट्टलाई रोजेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३

१८:०१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)