मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार मन्त्रालयका गुनासो अब ‘हेलो पूर्वाधार’ मा

onlinekhabar.com · Fri Jun 19 12:17:11 GMT 2026

५ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित गुनासो अब ‘हेलो पूर्वाधार’ नामक फोन र सामाजिक सञ्जाल मार्फत टिपाउन सकिने भएको छ ।

मन्त्रालयले शुक्रबार यो प्ल्याटफर्म सार्वजनिक गरेको हो । पूर्वाधार मन्त्रालयबाट प्रदान गरिने सेवा र सार्वजनिक सरोकारका विषयमा गुनासो वा सुझाव ११२० नम्बरको फोनमा नि:शुल्क टिपाउन सकिने भएको छ ।

त्यस्तै इमेल, ह्वाट्सएप र भाइबरका माध्यमबाट समेत गुनासो टिपाउन सकिने छ । मन्त्रालयका अनुसार टोलफ्री नम्बरमा कार्यालय समयमा गुनासो टिपाउन सकिने छ ।

अन्य माध्यमबाट भने चौबिसै घण्टा गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ । सडक, पुल, खानेपानी लगायत पूर्वाधार निर्माणका गुनासो सर्वसाधारणले अब सिधै मन्त्रालयमा टिपाउन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय