मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाल सुधार गृहबाट फरार २ बालक डेढ घण्टामै पक्राउ

onlinekhabar.com · Fri Jun 19 12:16:54 GMT 2026

५ असार, काठमाडौं । बाल सुधार गृहबाट फरार २ बालक डेढ घण्टामै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ११ वर्षीय र १० वर्षीय बालक छन् । पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको बाल सुधार गृहको शौचालयको भेन्टिलेटर फुटाएर उनीहरू फरार भएका थिए ।

फरार उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सर्लाही भएका उनीहरू डाँका चोरी मुद्दामा सुधार गृह पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय