धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
himalpress.com · Fri Jun 19 12:24:51 GMT 2026

काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली निवासी भट्टलार्ई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१.नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने ।
२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्ट, कैलालीलाई नियुक्ति गर्ने ।
३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने ।
४. बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति गर्ने ।
५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
६. संघीय संसद् समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्नेः
(क) सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
(ख) सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
(ग) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
(घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)