राउटे मूलप्रवाहीकरण नीति : अनधिकृत प्रवेशमा रोक, बाह्य हस्तक्षेप नियन्त्रण गर्ने
onlinekhabar.com · Sat Jun 27 04:24:00 GMT 2026

१३ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण, व्यवस्थापन र मूल प्रवाहीकरणका लागि नीति ल्याएको छ । २८ जेठ २०८३ मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘राउटे मूल प्रवाहीकरण नीति– २०८३’ स्वीकृत गरेको हो ।
प्रदेश सरकारले नीति ल्याएसँगै राउटे समुदायको अस्तित्व, पहिचान, जीवनशैली र अधिकार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएको छ । नीतिअनुसार अब राउटे बस्तीमा अनधिकृत प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)