मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा

clickmandu.com · Fri Jun 19 12:29:53 GMT 2026

काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच-फाइभ एन-वान) संक्रमण विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै लिखित जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा लापरबाही गरेको भन्दै प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । कोषले प्रशासन प्रमुख हरिविक्रम सिंहको संयोजकत्वमा प्रजाती विभाग प्रमुख रचना शाह र संरक्षित क्षेत्र विभाग डा. मधु क्षेत्री र आर्थिक प्रमुख विदुर पोखरेल सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय