अन्तर्राष्ट्रिय यात्रा विवरण अब नागरिक एपमै
onlinekhabar.com · Fri Sep 11 11:43:44 GMT 2026

२६ भदौ, काठमाडौं । नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण (ट्राभल हिस्ट्री) नागरिक एपमार्फत सहजै हेर्न र डाउनलोड गर्न सक्ने भएका छन् ।
अध्यागमन विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । यससँगै यात्रा विवरणका लागि विभागमा व्यक्तिगत रूपमा उपस्थित हुने वा भौतिक निवेदन बुझाउनुपर्ने पुरानो प्रक्रिया हटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)