कांग्रेस महाधिवेशन : प्रदेश २ अधिवेशन अन्योल
ekantipur.com · Fri Dec 03 00:55:55 GMT 2021
जनकपुर — सहमति गर्ने र विवाद मिलाउन भन्दै तोकिएको निर्वाचन तालिका सार्दै आफूनिकट प्रतिनिधि छनोटमा नेताहरूले बलजफ्ती गरिरहेकाले प्रदेश २ मा कांग्रेस अधिवेशन अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवादकै कारण प्रदेश २ का ८ जिल्लामा एक महिना ढिलो वडा अधिवेशन थालिएको थियो ।
क्षेत्रीय अधिवेशनको अन्तिम परिणाम नआउँदै जनकपुरको तिरहुतिया गाँछीमा बिहीबार प्रदेश २ को अधिवेशन सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल उद्घाटन गरेको उद्घाटनमा उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, कल्याण गुरुङलगायतको उपस्थिति थियो । प्रदेश २ मा सबैभन्दा बढी विवाद सर्लाहीमा छ । तेस्रोपटक तोकिएका निर्वाचन अधिकृत भरत राउत बिहीबार काठमाडौं फर्किएका छन् । प्रहरीले जिल्ला सचिव उपेन्द्र कुशवाहको रोहवरमा उनी बस्ने कोठा सिल गरेको छ । राउतले पनि वडा अधिवेशन सम्पन्न गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)