को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
ratopati.com · Fri Jun 19 12:41:29 GMT 2026

काठमाडौँ । झण्डै २ महिनापछि नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा शुक्रबार सरकारले डा. गोपाल भट्टलाई नियुक्त गरेको हो ।
श्रेष्ठको राजीनामासँगै मन्त्रीपरिषद्को वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिको सदस्यमा नेपाल अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा भुवन दाहाल रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)