पैसा लिएर ठेकेदार भागेपछि आश्रित बालबालिकासहित ३४ जना भारतीय मजदुर अलपत्र
ekantipur.com · Sat Oct 26 17:17:54 UTC 2024

राजविराज — भारतको उत्तरप्रदेशस्थित संबल जिल्लाबाट सप्तरीको बिष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा ल्याइएका ४४ मजदुरको ८ लाख रुपैयाँ लिएर ठेकेदार भागेपछि उनीहरु अलपत्र परेका छन् ।
ती मजदुरका आफन्तहरुले फरार ठेकेदार खोज्नुको साटो भारतस्थित राष्ट्रिय अनुसुचित जातीय आयोगमा नेपालको इँटा उद्योगमा आफ्ना आफन्तलाई बन्धक बनाइएको, बलात्कार गरेको, खान नदिएको आरोप लगाउँदै उजुरी गरेका थिए । उक्त उजुरीबारे भारतीय पक्षले सप्तरी प्रशासनलाई शुक्रशार जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरका ११ बालबालिका,१५ महिलासहित ४४ जना भारतीय मजदुरको उद्धार गरेको थियो । प्रहरीबाट उद्धार गरिएर सदरमुकाम राजविराज ल्याइएका उनीहरु इँटा उद्योग संचालकहरुले दिएको खाना खान मानेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)