जनगुनासोलाई सकेसम्म सम्बोधन गर्छु : दीपक मनाङे
lokaantar.com

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मातहतका कार्यालयलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयअन्तर्गतका सचिव, विभागीय प्रमुखलगायत कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले आफूले बेथिति र ढिलासुस्तीको अन्त्य गर्न प्रयत्न गर्ने बताए । प्रदेशभित्रका सडक, पुल, आवास, भवन, सहरी विकासजस्ता पूर्वाधार आयोजनाको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा यातायातसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको स्थापना भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा जनगुनासोलाई सकेसम्म सम्बोधन गर्नका लागि सुधारका योजना अघि सारेको बताए ।