पोखराका सुकुमबासी पहिचान, स्थानान्तरण र जग्गा विवाद सल्टाउन तीन समिति गठन
ratopati.com · Tue May 26 17:18:46 GMT 2026

पोखरा । पोखरा बसपार्क निर्माण प्रक्रियामा रहेका व्यवधान हटाउन र वर्षौँदेखिका समस्या समाधान गर्न पोखरा महानगरपालिकाले तीन वटा उच्चस्तरीय समिति गठन गरेको छ । बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा भूमिहीनको व्यवस्थापन, स्थानान्तरणका लागि जग्गाको खोजी र जग्गा अधिग्रहण सम्बन्धी पुराना विवादको न्यायिक निरुपणका लागि महानगरले छुट्टाछुट्टै समिति बनाएर काम अगाडि बढाएको हो ।
बसपार्क क्षेत्रमा बसोबास गर्ने परिवारको लगत छानबिन गरी वास्तविक सुकुमबासी पहिचान गर्न महानगरको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यभार तोकिएको यस समितिमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी, जिल्ला प्रशासन कार्यालय, भूमि प्रशासन कार्यालय, नापी र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् भने वडा नम्बर ९ का सचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । यो समितिले बसपार्क क्षेत्रको अध्ययन गरी वास्तविक सुकुमबासीहरूको विवरण छुट्ट्याउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)