मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै अदालतबाट रवि लामिछाने सहकारी ठगीबाहेकका मुद्दाहरुबाट मुक्त

corporatenepal.com · Fri Jun 19 12:39:56 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । उक्त अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो ।

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

Advertisement

यसअघि कास्की, पर्सा, रुपन्देही र चितवन अदाततले पनि रविमाथिको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको थियो । यससँगै अब कुनै पनि अदालतमा उनीबिरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा बॉकी छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय