एनसेल र ट्रिप टर्बोको सहकार्य : बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिमा ८ हजारसम्म छुट
lokaantar.com

एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ ।
यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् ।
यसका साथै अब ग्राहकहरूले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।
यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आवद्ध हुँदा प्राप्त गर्दछन् ।
ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्छन् ।
यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा रु २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ अनि बस टिकट बुकिङमा १११ रुपैयाँ छुट प्राप्त गर्न सक्छन्।
यी विशेष छुटहरूको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ ।