मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठकले दियो ४ वटा प्रतिस्थापन विधेयक पेस गर्न स्वीकृति

annapurnapost.com · Fri Jun 19 12:43:32 GMT 2026

काठमाडौं : आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् समक्ष ४ वटा प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति दिएको छ।

बैठकले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय