मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विपन्न नागरिकको उपचारमा साढे दुई करोड सहयोग

ratopati.com · Sat Oct 26 18:30:00 UTC 2024

म्याग्दी । जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ । विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गरेको छ ।

संस्थाको आज सम्पन्न दशौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनमा संस्थाका अध्यक्ष हरिकृष्ण गौतमले विभिन्न रोग लागेर आर्थिक अभावको सामना गरेका सर्वसाधारणको उपचारमा संस्थाले रोगको अवस्था हेरेर पाँच हजारदेखि रु १४ लाखसम्म सहयोग गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)