मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा बस दुर्घटना

onlinekhabar.com · Fri Jun 19 12:48:32 GMT 2026

५ असार, बैतडी । बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो ।

बस सडकबाट करिब २५ मिटर तल खसेको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)