विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की
ratopati.com · Sat Oct 26 19:15:00 UTC 2024

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भने, 'कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)