सयपत्री फूल खेतीका लागि क्षेत्रफलमा वृद्धि
gorkhapatraonline.com · Fri Sep 11 12:07:40 GMT 2026

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो ।
चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सयपत्री फूल खेतीका लागि टिनिस-१, थाई टिनिस, टिनिस-२, सुमति र कर्मा ५५५ जातका बिरुवा रोपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)