मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लाबाट २१ जना पक्राउ, बाजुराको हिमाली गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

onlinekhabar.com · Fri Jun 19 12:57:10 GMT 2026

५ असार, हुम्ला । बाजुरा र हुम्लाको सीमाक्षेत्रमा सिमानाको विषयमा भएको विवादको घटनामा हुम्लाबाट २१ जना पक्राउ परेका छन् । बाजुराको हिमाली गाउँपालिकाका जनप्रतिनिधिसहितका व्यक्तिलाई बन्धक र सांघातिक आक्रमण गरेको आरोपमा हुम्लाको खार्पुनाथबा २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाजुरामा किटानी जाहेरी परेको थियो । सोही उजुरीका आधारमा शुक्रबार पक्राउ गरेर बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय