तीर्थराज अर्यालसहित चारै जनालाई अझै ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
nepalviews.com · Fri Jun 19 12:59:52 GMT 2026

काठमाडौं । । राहदानी छपाइसम्बन्धी कार्यमा आर्थिक अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चार जनाविरुद्ध विशेष अदालतले म्याद थपको अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आरोपीहरूमाथि हिरासतमा राखेर थप अनुसन्धान गर्न दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो।
अदालतबाट म्याद थप भई हिरासतमा रहेका प्रतिवादीहरूमा अर्यालसहित सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्ल रहेका छन् ।
राहदानी छपाइमा ठुलो रकम अनियमितता भएको आशङ्कामा अनुसन्धान टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। यसअघि अदालतबाट दिइएको अनुसन्धानको म्याद सकिएपछि थप प्रमाण सङ्कलन, कागजात जाँचबुझ र बयान लिने प्रक्रिया नसकिएकाले उनीहरुलाई म्यादका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ