पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
gorkhapatraonline.com · Fri Jun 19 13:07:16 GMT 2026

दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४ मा लागु गरिएको विवादास्पद मार्सल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ-ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतले गोप्य सैन्य जानकारी अनुचितरूपमा सार्वजनिक गरेको अभियोगमा उहाँलाई दोषी ठहर गरेको हो ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतका अनुसार किमले पूर्वराष्ट्रपति युनले उठाउँदै आएको अप्रमाणित चुनावी धाँधलीसम्बन्धी दाबीको अनुसन्धान गर्न गठन गरिने विशेष टोलीसँग सम्बन्धित संवेदनशील सैन्य जानकारी एक सर्वसाधारण व्यक्तिलाई उपलब्ध गराएको ठहर गरिएको छ । अभियोजन पक्षले यसलाई राष्ट्रिय सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लङ्घन मानेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)