मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँगाउँमा छठ घाटको तयारी गरिँदै

barnanmedia.com · Sat Oct 26 21:53:38 UTC 2024

छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन् ।

मिथिलाञ्चलभरिको एउटै पोखरी तथा नदी तलाउमा एक सय, दुई सय र पाँच जना र सोभन्दा बढी व्यक्तिले छठपर्व मनाउने चलन रहेका कारण त्यसका लागि १५÷२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गर्नुपर्ने हुन्छ । मिथिलाको प्रमुख पर्वका रूपमा मानिएको छठपर्व यस क्षेत्रमा निकै धुमधामका साथ मनाउने भएकाले यहाँका पोखरी, नदी, तलाउजस्ता जलासयमा अहिले छठपर्वको तयारी तीव्रताका साथ भइरहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् धु्रव रायले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)