मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्चले पनि आदेश– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउनू

onlinekhabar.com · Fri Jun 19 13:09:20 GMT 2026

५ असार, काठमाडौं । उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको छ ।

उनीहरू हाल डिल्लिबजारस्थित कारागारमा छन् ।

उच्च अदालतमा विचाराधीन रहेको बैंकिङ कसुरको मुद्दामा शुक्रबार आदेश भएको हो ।

प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय