चितवनमा सयपत्री फूलखेतीको क्षेत्रफल वृद्धि
reportersnepal.com · Fri Sep 11 12:24:24 GMT 2026

चितवन २६ भदौ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो ।
चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताए । उनका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस-१, थाई टिनिस, टिनिस-२, सुमति र कर्मा ५५५ जातका बिरुवा रोपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)