चितवनमा सयपत्री फूलखेती दोब्बर, ४४ हेक्टरमा विस्तार
bishowkhabar.com · Fri Sep 11 12:22:52 GMT 2026

काठमाडौं– चितवनमा चार्डपर्वलाई लक्षित गरी सयपत्री फूलखेतीको क्षेत्रफल यस वर्ष दोब्बरभन्दा बढीले बढेको छ । गत आर्थिक वर्ष २१ दशमलव ९२ हेक्टरमा गरिएको सयपत्री खेती यस वर्ष बढेर ४४ हेक्टरमा पुगेको हो ।
कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लामा हरेक वर्ष चार्डपर्व लक्षित सयपत्री फूलखेतीको क्षेत्रफल बढ्दै गएको छ । यस वर्ष टिनिस–१, थाई टिनिस, टिनिस–२, सुमति र कर्मा ५५५ जातका सयपत्री रोपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)