मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

deshsanchar.com · Sat Oct 26 22:31:13 UTC 2024

बेलबारी (मोरङ)- मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)