मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् १९६० मा आजकै दिन : राष्ट्रपति उम्मेदवारबीच टेलिभिजन बहस

ekantipur.com · Tue Sep 26 00:54:10 GMT 2023

काठमाडौँ — सन् १९६० मा आजकै दिन (सेप्टेम्बर २६) मा अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरूबीच पहिलो टेलिभिजन बहस भएको थियो ।

राष्ट्रपतिका उम्मेदवारद्वय जोन एफ केनेडी र रिचार्ड निक्सनबीच अमेरिकाको सिकागोस्थित सीबीएस (कोलम्बिया ब्रोडकास्टिङ सिस्टम) को स्टुडियोमा उपस्थित भएर बहस गरेका थिए । त्यति बेला निक्सन रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपतिको भूमिकामा थिए । डेमोक्रेटिक दलका केनेडी भने माथिल्लो सदन सिनेटका सदस्य थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)