जग्गासम्बन्धी समस्या समाधान गर्न काम भइरहेको छः मन्त्री रावल
nagariknews.nagariknetwork.com · Fri Jun 19 13:11:12 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोधेका प्रश्नमा उनले किसान र जग्गासम्बन्धी समस्या साधान गर्न सरकार निरन्तर लागि परेको बताइन्।
‘किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री रावलले भनिन्।
उनका अनुसार जमिनमा रहेको द्वैध स्वामित्व अन्त्य गर्न भूमि सम्बन्धी ऐन २०२१ ले निर्धारण बमोजिम जग्गाधनी वा मोही कसैले पनि बाँडफाँडका लागि निवेदन नदिएमा दुबै जनाको नाममा संयुक्त जग्गा धनी कायम हुने गरी मोहीको लगतकट्टा गरिनेछ।
निजहरूको माग गरेका बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधाआधा बाँडफँट गरी दिने व्यवस्था रहेकोसमेत उनले जानकारी दिइन्।
यससम्बन्धी कतिपय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मन्त्री रावलले कामको थालनी भइसकेको बताइन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)