यस वर्षको मनसुन कोसी प्रदेशको केही भूभागमा प्रवेश
baahrakhari.com · Fri Jun 19 13:18:26 GMT 2026

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोसी प्रदेशको केही भूभागमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार (असार ५) कोसी प्रदेशको केही भूभागमा प्रवेश गरेको जनाएको हो ।
विभागका अनुसार, मनसुन हाल कमजोर अवस्थामा रहेको छ । “देशका अन्य भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ,” विभागले जारी गरेको मौसम बुलेटिनमा भनिएको छ ।
नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । यस वर्षको मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)