मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीकोट जिप दुर्घटना : मृतकको सनाखत, चालक सकुशल भेटिए

ekantipur.com · Fri Jan 16 18:05:36 GMT 2026

कालिकोट — सेरी पान्तडी सडक खण्डअर्न्तगत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ ।

शुक्रबार राति ६ बजे सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमा मृत्यु भएका दुई जना एक्स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । उनीहरु तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)