नेपाल नगरपालिका संघ–निफ्रा सम्झौता
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल नगरपालिका संघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच सम्झौता भएको छ । दुई पक्षबीच सार्वजनिक/निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधार परियोजना निर्माण, लगानी एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिकाको सामाजिक आवश्यकता पूरा गर्न, भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनबाट नगरबासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्याउन पूर्वाधारमा लगानी आवश्यक देखिएकाले यस्तो सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)