मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेडिकेटड तथा ट्रंक लाइन विद्युत् महसुल विवाद : प्राधिकरणले गर्‍यो आफ्नै निर्णय सदर

abhiyandaily.com

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल उठाउने मामलामा संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशन छोडेर आफ्नै निर्णय सदर गरेको छ । प्राधिकरणको यसै हप्ता भएको सञ्चालक समितिको बैठकले यसअघि आफैले गरेको निर्णयअनुसार नै उक्त महसुल उठाउने निर्णय गरेको हो ।

प्राधिकरणले गत माघमा नै उद्योगीहरूबाट आगामी असार मसान्तसम्मको विद्युत् महसुल उठाउने निर्णय गरेको थियो । त्यसअवधिमा पनि उद्योगीहरूले बक्यौता नबुझाए साउनपछि हर्जानासहित बक्यौता महसुल उठाउने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)