अफगानिस्तानसँग पाकिस्तान स्तब्ध
ratopati.com · Mon Oct 23 22:14:00 GMT 2023
चेन्नई । भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तान अफगानिस्तानसँग ८ विकेटले पराजित भएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।
पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)