थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु
nepalnews.com · Fri Jun 19 13:41:40 GMT 2026

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई थप विस्तार गरेको छ। मन्त्रालयका अनुसार बिहीबारदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट मालपोत सेवा सञ्चालनमा आएको छ।
यससँगै स्थानीय तहको कार्यालयबाटै जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने पालिकाको संख्या चार पुगेको छ। यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)