खेलकुदमन्त्री चौधरीद्वारा एक वर्षको प्रगति सार्वजनिक
Ujyaaloonline.com · Fri Aug 01 09:38:04 GMT 2025
काठमाण्डाै – युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको रणनीति सार्वजनिक गर्दै यस वर्ष युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने बताउनुभएको हो ।
उहाँका अनुसार सरकारले भक्तपुरमा ५० हजार सिट क्षमताको फुटबल रङ्गशाला निर्माण कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय स्तरकाे भलिबल कभर्डहल निर्माणका लागि काठमाण्डौ उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)